
इजरायलले गाजामा २४ घण्टाभित्र ६१ प्यालेस्टिनी मार्यो : हमास
एजेन्सी । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार २४ घण्टाभित्र गाजामा इजरायली आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। मन्त्रालयले आफ्नो टेलिग्राममार्फत जारी विज्ञप्तिमा अक्टोबर २०२३ देखि मृत्यु हुनेको कुल संख्या ६५ हजार ३४४ पुगेको जानकारी दिएको छ।








