एजेन्सी । रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दी साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।
रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले १८५ रूसी सैनिकहरू फिर्ता गरेको बताएको छ, यो क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै, आदान प्रदानको पुष्टि गरेका छन्। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताउनु भएको छ।
आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजार भन्दा बढी मानिसलाई घर फर्काएको उनको भनाइ छ।


