५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा

SHARE:

एजेन्सी । नासाले सन् २०२६ को फेब्रुअरी महिनामा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने १० दिने यात्रामा पठाउने तयारी गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले यसअघि अप्रिलको अन्त्यसम्ममा प्रक्षेपण गर्ने प्रतिबद्धता जनाए पनि अब त्यो समयसीमाभन्दा अगाडि नै मिसन सुरु गर्ने योजना बनाएको हो।

कुनै पनि देशले चालक दलसहितको चन्द्रमा मिसन गराएको यो ५० वर्षमा पहिलो पटक हुनेछ। नासाले प्रणालीहरूको परीक्षण गर्न चार अन्तरिक्ष यात्रीलाई त्यहाँ पठाएर फर्काउनेछ।

आर्टेमिस २ मिसन

आर्टेमिस २ मिसन आर्टेमिस कार्यक्रमको दोस्रो प्रक्षेपण हो, जसको लक्ष्य अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा अवतरण गराउने र अन्ततः त्यहाँ दीर्घकालीन मानव बस्ती स्थापना गर्नु हो। नासाका कार्यवाहक उप-सह प्रशासक लाकेशा हकिन्सले यो मिसन मानवको अन्तरिक्ष अन्वेषणमा एक महत्त्वपूर्ण क्षण हुने बताइन्।

 

उनले प्रक्षेपणको समय ५ फेब्रुअरीदेखि सुरु हुन सक्ने बताए पनि सुरक्षालाई आफ्नो सर्वोच्च प्राथमिकतामा राखेको कुरामा जोड दिइन्।

आर्टेमिसका प्रक्षेपण निर्देशक चार्ली ब्ल्याकवेल-थम्पसनले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजानका लागि बनाइएको शक्तिशाली रकेट प्रणाली, स्पेस लन्च सिस्टम (एसएलएस) ‘करिब-करिब तयार भइसकेको’ बताए।

 

अन्तरिक्ष यात्रीहरूलाई बोक्ने ओरियन नामक यानलाई एसएलएससँग जोड्ने र अन्य भू-परीक्षणहरू मात्रै बाँकी रहेको उनले जानकारी दिए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट