खाडिको मरुभूमिबाट हरियो खेतसम्म: केन्द्रिय पिभोट सिँचाइ र नेपालको सम्भावना ! 

SHARE:

कतार बाट अमेरिका,क्यानडा लगाएत पस्चिमि देश तर्फ यात्रा गर्दा सुख्खा र रातो बालुवाको मरभुमि मा हजाराै हेक्टर क्षेत्रफलमा देखिने ठुला ठुला गोला गोला चक्का जस्ता आकृतिले धेरैकाे मन तान्छ । देख्ने हरुका लागि आस्चर्य लाग्छ सुन्ने हरुका लागि कथा । एउटा झार समेत नउम्रने मानव बस्ति समेत नभएको त्यस्ताे राताे बालुवाकाे मरुभुमिमा हजारौँ माईल सम्म फैलिएका गाेला गाेला चक्का देख्दा मानिसहरु आस्चयमा पर्छन् । यस्ताो मरुभुमिमा कस्ले यस्ताे संरचना के का लागि बनायो र यसले के काम गर्छ देख्ने हरुकाे मनमा झ्याप्प आउने प्रस्न यहि हुन्छ । हजाराै फिट माथि आकास बाट तल मरुभुमिमा देखिने यि गाेलाकार चक्काहरुले मानिसलाई आस्चर्यमा पार्छ र पार्नु पनि स्वभाबिक हाे । हामिले पहिला पहिला गाउमा फिल्म हेर्न पर्योग हुने CD चक्का जस्ता देखिने बिशाल बिशाल चक्का देख्दा म चकित परे ।

प्लेनमा ननिदाउदाकाे फाईदा यस्ता अाकृति र संरचना देख्न पाईने र यसकाे रहस्य जान्न पाउनु पनि हुनेरैछ ।

कतार बाट उडेकाे जहाज झन्डै ४० हजार फिट माथि उडिरहेकाे थियाे । प्लेनकाे झ्याल तिरकाे सिटमा परेकाे फाईदा उठाउदै म तल निआलिरहेकाे थिए ।

प्लेन राताे बालुवाकाे बिशाल मरुभुमि माथि उडिरहेकाे थियाे । म तल नियालि रहेकाे थिए । हेर्दै गर्दा मरुभुमिका बिचमा जहा सयाै माईल टाडा सम्म कुनै बस्ति देखिदैनथ्याे । त्यस्ताे ठाउमा मरुभुमिमा अचानक ठुला ठुला आकारका चक्का हरु देखिन थाले । सबै एकै खाले बिशाल बिशाल सयाै चक्काहरु धेरै ठुलाे क्षेत्रफलमा फैलिएकाे छ । मलाई आस्चर्य लाग्याे । आकास बाटै फाेटाे र भिडियाे खिचे । रहस्य जान्न मन लाग्याे । प्लेनमा ईन्टरनेट पनि चलेकाे थियाे । त्यहि फाईदा उठाउदै तरुन्तै एउटा फाेटाे AI लाई पठाए र साेधे यो के हो ? तुरुन्तै उसले जवाफ पठायो यो मरुभुमिमा गरिएको कृषि सिचाई प्रणालि केन्द्रिय पिभाेट सिचाई प्रणालि हो । जुन गोलाकार रुपमा गरिन्छ र आकास बाट हेर्दा यस्तो गाेलाकार चक्कामा देखिन्छ भनेर जवाफ आएपछि म छक्क परे ।

अनी सम्झिए चालु धान सिजनमा पानी नपरेपछि पटपटि फुटेका हाम्राे तराईका धानखेतहरु। रोएका किसानहरु, अनि बगिरहेकाे काेसि, नारायणि र कर्णालिहरु, ।त्यस पछि थप केहि फोटो खिचे अनि नेपालकाे कृषिका लागि उपयाेगि हुने ठहर गरि सानाे लेख या सामाग्रि तयार पार्ने उदेस्यले AI संग डाटा मागेर याे सामाग्रि तयार पान्रे संकल्प गरे र केहि लेख्दै छु । लाग्छ उन्नत कृषिका लागि याो फलदायि बनोस ।

सिँचाइ आधुनिक कृषि उत्पादनको मेरुदण्ड हो। नेपाल जस्ताे कृषि प्रधान देशका लागि त झन सिचाईनै सब थोक हो। हामि संग जमिन छ , उचित माैषम छ, उर्वर माटो छ , मल छ पानी पनि छ , कृषि बिज्ञपनि छन् ,कृषक पनि छन् तर खै के खैके उत्पादन छैन् । यसको सबै भन्दा ठुलाे कमजाेरि भनेकै सिचाईकाे सहि ब्यवस्थापन गर्न नसक्नु नै हाे। हामि संग, सबै थाेक छ तर छैन् सहि दृस्टिकाेण, भुगाेल सुहाउदो कृषि र प्रबृधि र उन्नत बिउ बिजन। पानी अभाव भएका मरुभूमि देशहरूमा समेत आज हरियाली देखिनु कृषिमा विस्व कति अगाडि पुगि सक्यो भन्ने एउटा ठुलो यसको उदाहरण हो।

अमेरिका, साउदी अरेबिया, कतारजस्ता देशहरूले प्रयोग गर्ने केन्द्रिय पिभोट सिँचाइ प्रणाली (Center Pivot Irrigation) अहिले सिचाईका लागि विश्वकै सबैभन्दा प्रभावकारी प्रविधि मानिन्छ।

केन्द्रिय पिभोट सिँचाइ प्रणाली (Central Pivot Irrigation System) आधुनिक, यान्त्रिक सिँचाइ प्रविधि हो । यो प्रणालीलाई प्रायः ठूलो तथा समथर जमिनमा प्रयोग गरिएको छ ।

यसकाे संरचना र काम गर्ने विधि निकै आकर्षक मानिन्छ । खेतको बीचमा एउटा स्थिर टावर वा पम्प स्टेशन हुन्छ। त्यहाँ पानी आपूर्ति गर्ने मुख्य पाइप जोडिन्छ (भू–गर्भीय पानी वा नहर/जलाशयबाट ल्याइएको पानी प्रयाेग गरिन्छ ।

खेतकाे केन्द्रबाट बाहिरतर्फ लामो पाइपहरू फैलाइएका हुन्छन्, जसलाई टावर वा चक्का (wheels) ले धानेकाे हुन्छ । यी पाइपहरू घडीको काँटा जस्तै गोलो घुम्छन् ।सबै पाइप र टावरहरू मोटरद्वारा चलाइन्छन्। बिस्तारै गोलाकार घुम्दा, खेतमा वृत्ताकार ढाँचामा सिँचाइ हुन्छ।पाइपको तलतिर समान दूरीमा स्प्रिङ्कलर नोजलहरू राखिन्छन्।दबाबयुक्त पानी निस्केर वर्षा जस्तै खेतमा छर्छ ।

प्रणाली घुम्दा खेतको ठूलो भाग (वृत्ताकार क्षेत्र)मा सिँचाइ हुन्छ।

जुन माथिबाट हेर्दा गाेलाकार चक्काकाे अाकृतिमा देखिन पुग्छ । जुन फाेटाेमा देख्खिएकाे छ ।

विश्वका तथ्याङ्क (Database-style Information):

• विश्वभर करिब २० लाख हेक्टर खेतमा केन्द्रिय पिभोट प्रणाली प्रयोग भइरहेको छ।

• अमेरिकामात्रै करिब ८० लाख एकड (३२ लाख हेक्टर) जमिन यसमार्फत सिँचाइ हुन्छ। अमेरिका उन्नत कृषि प्रबिधिमा निकै धेरै अगाडी बढेकाे छ ।

यस प्रणालीले ३०–५०% पानी बचत गर्न सकिने बताईन्छ मकै, गहुँ, जौ, घाँस, फलफूल जस्ता बालीहरूमा बढी प्रयोग हुनेगरेकाे छ ।

साउदि अरव, कतार जस्ताे मरुभुमिभएकाे देशमा यहि सिचाई प्रबिधिबाट राताे बालुवामा पनि उन्नत कृषि भईरहेकाे छ ।

कतारमा ६,३२२ हेक्टर क्षेत्रमा यहि प्रबिधिकाे प्रयाेग मार्फत नियमित सिँचाइ गरि मरुभुमिमा अन्न फलाईएकाे छ । याे नेपालका लागि निकै ठुलो सिकाई हुन सक्छ ।

नेपाल जस्तो देशका लागि केन्द्रिय पिभोट सिचाईको फाईदा र घाटाकाे पनि चर्चा गराै ।

१ : फाइदा (Advantages)

1. पानी बचत – सतही (फ्लड) सिँचाइ भन्दा ३०–५०% कम पानी प्रयोग हुन्छ।

2. समान सिँचाइ – गोलो घुम्दा खेतभर समान रूपमा पानी पर्छ।

3. श्रम बचत – थोरै जनशक्ति आवश्यक हुन्छ, प्रायः स्वचालित हुन्छ।

4. मल र औषधि वितरण – पानीसँगै मल (fertigation) वा कीटनाशक (chemigation) छर्न सकिन्छ।

5. उत्पादन वृद्धि – समयमै र समान पानी पाउँदा बालीको उत्पादन बढ्छ।

6. ठूलो क्षेत्र ढाक्ने क्षमता – एउटै प्रणालीले सयौं रोपनी (वा दर्जनौं हेक्टर) खेत ढाक्न सक्छ।

 

२: बेफाइदा (Disadvantages)

1. उच्च लागत – जडान गर्न धेरै लगानी लाग्छ (पम्प, पाइप, मोटर, टावर)।

2. भू–आकृति निर्भरता – समथर वा अलिकति समथर जमिनमा मात्रै राम्रो काम गर्छ।

3. पानी स्रोत आवश्यक – प्रशस्त पानी आपूर्ति नभए राम्रोसँग चल्दैन।

4. रखरखाव खर्चिलो – मेशिनरी, मोटर, नोजल बिग्रिए मर्मत खर्चिलो हुन्छ।

5. वृत्ताकार ढाँचा – खेत चौकोर भए पनि केवल गोलो भागमा सिँचाइ हुन्छ, कुनाकाप्चा बन्चित हुन्छन्।

नेपाल कृषि प्रधान देश भए पनि सिँचाइमा अझै ठुलाे चुनौती छ । हामि संग कुल कृषि जमिन: करिब २७ लाख हेक्टर रहेकाे छ यसमा कुल सिँचाइयोग्य जमिन: करिब १७ लाख हेक्टर मात्र छ त्यसमा पनि नियमित सिँचाइ हुने जमिन: करिब १२ लाख हेक्टर (७०%) मात्र छ । अझै करिब ५ लाख हेक्टर जमिन वर्षामा निर्भर छ।सिचाईमा पनि परम्परागत नहर प्रणाली (canal irrigation) नै मुख्य भर हो, तर पानी चुहावट, व्यवस्थापन अभाव र पुरानो संरचनाका कारण दक्ष छैन। सामन्य नमुनाका रुपमा नारायणि लिफ्ट पनि हेर्न सकिन्छ ।

कतार ,साउदी अरेबियाजस्ता मरुभूमि देशहरूले केन्द्रिय पिभोट प्रयोग गरेर बन्जर जमिनलाई हरियो खेत बनाएका छन्। साउदी अरेबिया, कतारका राता मरुभूमिमा आज विशाल हरियो घेरा खेत देखिन्छन्। तर नेपालमा, पर्याप्त वर्षा र नदी–झरनाको स्रोत हुँदाहुँदै पनि कृषकलाई वर्षामा निर्भर रहनुपर्ने अवस्था छ।

यसले देखाउँछ, समस्या पानीको अभाव होइन, नीति र प्रविधि व्यवस्थापनको कमी हो।

नीतिगत सुझाव (For Policymakers):

1. आधुनिक प्रविधि प्रयोग: तराई र मधेसका सुख्खा जमिनमा केन्द्रिय पिभोट प्रणाली सुरु गर्न सकिन्छ।

2. पानीको स्रोत व्यवस्थापन: नारायणि,कोशी, कमला, राप्तीजस्ता नदीमा उपलब्ध पानीलाई आधुनिक पम्प र पाइपमार्फत खेतमा पु¥याउन सकिन्छ।

3. कृषकलाई सहुलियत ऋण: सरकारी सहुलियतमा पिभोट प्रणाली ल्याइ कृषकलाई सब्सिडी दिन सकिन्छ।

4. पानी बचत कार्यक्रम: परम्परागत नहर प्रणालीसँगै drip, sprinkler र पिभोट प्रविधि विस्तार गर्न आवश्यक छ।

5. प्राविधिक तालिम: कृषकलाई प्रविधि प्रयोग गर्न तालिम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ।

निष्कर्ष:

नेपालमा कृषि उत्पादन बढाउन वर्षामा निर्भर रहने पुरानो सोच छोड्नै पर्छ। नदी–झरना र भूमिगत पानी प्रशस्त भएको देशमा यदि आधुनिक सिँचाइ प्रविधि, विशेषगरी केन्द्रिय पिभोट, लागू गर्न सकियो भने खाद्य आत्मनिर्भरता मात्र होइन, निर्यातमुखी कृषि सम्भव छ।नीतिनिर्माताहरूले मरुभूमि देशको उदाहरणबाट सिकेर कृषि क्रान्ति ल्याउने ढोका अझै खुला छ। नया पुस्ता जेन्जि लाई मेराे आग्रह छ । कृषिको बिकास बिना देशको संबृद्दि सम्भव छैन् । केहि वर्ष कृषि कान्रतिका लागि आवाज उठाउ, उन्नत कृषि कर्म गराै, देशलाई कृषिमा आत्मनिर्भर बनाउ देश बाट कृषि जन्य उत्पादन निर्यातकाे बाटाेमा पुगै । अनि पुरा हुन्छ सबैकाे देश बिकास र संबृद्दिकाे सपना ।

” कृषि मुलस्च जिबनम : !! “

(प्रकाश सिग्देल हाल अमेरिका) 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट