प्रकाश सिग्देल,मेरिल्याण्ड
पढ्न लाग्ने समय : १ मिनेट
नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले INAS Maryland ले ‘कला केन्द्र’ स्थापना गरी भव्य उद्घाटन समारोह आयोजना गर्ने भएको छ। आगामी जुलाई १२, २०२६ आइतबार दिउँसो ३:०० बजे, मेरिल्याण्डको रोसेडेलस्थित 9411 Philadelphia Rd मा आयोजना हुने उक्त कार्यक्रममा नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ। कला, संस्कृति र प्रतिभा विकासमा नयाँ पहल गर्ने उदेश्य स्वरुप कला केन्द्र’ स्थापना गरेको INAS Maryland अध्यक्ष शान्ति भण्डारीले बताउनु भयो । इनास मेरिल्याण्डको यो पहलले अमेरिकामा रहेका नेपाली बालबालिका तथा युवाहरूलाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने लक्ष्य राखेको छ। अध्यक्ष भण्डारीका अनुसार, कला केन्द्रमार्फत नियमित रूपमा नृत्य, संगीत तथा नेपाली भाषा कक्षाहरू सञ्चालन गरिनेछ। उद्घाटन कार्यक्रममा माचर्चित कलाकारहरूको उपस्थिति संगै नेपाली समुदायको भब्य सहभागिता रहने छ । जसले कार्यक्रमलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ। समारोहमा नृत्य प्रशिक्षक तथा अभिनेत्री सरंगा श्रेष्ठ, राष्ट्रिय गायक संगितकार कुशल पोखरेल,को विशेष प्रस्तुति रहने बताइएको छ। नेपाली कला र संस्कृतिको संरक्षणका लागी शान्ति भण्डारी र उहाको टिम निकै सक्रिय छ । परदेशमा आफनो देशको कला र संस्कृतिको विकास र बिस्तारमा शान्ति भण्डारीले गरेको योगदान र कसरत सामान्य तरिकाले चर्चा गरेर सकिदैन् ।
१: बालबालिकाका लागि विशेष कक्षाहरू :
कला केन्द्रले ८ हप्ते विशेष प्रशिक्षण कार्यक्रम अन्तर्गत: नृत्य कक्षा (विविध शैली र प्रोफेशनल ट्रेनिङ, गायन कक्षा (शास्त्रीय तथा आधुनिक प्रविधि) नेपाली भाषा कक्षा (पढ्न, लेख्न र बोल्न)
जस्ता कक्षाहरू सञ्चालन गर्ने जनाएको छ।
२:समुदायलाई जोड्ने अभियान :
आयोजकका अनुसार, यो केन्द्रले केवल सीप विकास मात्र नभई नेपाली पहिचान, संस्कार र आत्मविश्वास बढाउने वातावरण पनि सिर्जना गर्नेछ। “आफ्ना बालबालिकाको प्रतिभा उजागर गरौं, संस्कृतिसँग जोडिऔं, भविष्य उज्ज्वल बनाऔं,भन्ने मुल मन्त्रका साथ आयोजक अगाढी बढेका छन् । विदेशमा रहेर पनि आफ्नो मौलिक पहिचान जोगाउने प्रयासस्वरूप सुरु गरिएको यो ‘कला केन्द्र’ नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम तथा कक्षाहरू सम्बन्धी थप जानकारीका लागि आयोजकहरूले विभिन्न सम्पर्क नम्बरहरू पनि उपलब्ध गराएका छन्।


