बाल्टिमोरमा स्थापना भयो नेपाली कला केन्द्र \ नयाँ पुस्तालाई राष्ट्रियता सिकाउदै सर्वप्रिय गायिका शान्ति भण्डारी टिम

SHARE:

प्रकाश सिग्देल, बाल्टिमोर अमेरिका
पढ्न लाग्ने समय २ मिनेट

नेपाली कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा नेपाली कलाकारहरु अमेरिकामा सक्रियताका साथ लागिरहेका छन् । आफ्नो कला, संस्कृति र भाषा प्रतिको यो मायामा साच्चै प्रदेशमा रहेर आफनो जन्मभुमि प्रतिको प्रेम मनबाटै छ भन्ने कुरा प्रष्ठ देख्न सकिन्छ । यहाँ राष्ट्रियता साच्चै कर्मबाट देखिएको छ । त्यो पनि नव युवा र नया पुस्ताका लागी जो अमेरिकामै जन्मिए उनिहरुका लागी नेपाल प्रेम बुझाउने मेहनत। अमेरिकामा रहेका नेपाली बालबालिका तथा युवाहरूलाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने लक्ष्य सहित अमेरिकाको बाल्टिमोर शहरमा “ईनास मेरिल्यान्ड कला केन्द्र” स्थापना गरिएको छ।

नेपाली कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्रले नेपाली कला, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। ईनास मेरिल्यान्डद्वारा ईनास मेरिल्यान्ड कला केन्द्र” स्थापना गरिएको हो । कला केन्द्रको केहि दिन अगाडी मात्रै उद्घाटन भएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिहरूमा डेलीगेट डा. ह्यारी भण्डारी तथा बाल्टिमोर डिस्ट्रिक्ट–७ का डेलीगेट प्रत्याशी, गीतकार तथा कवि सतीस चापागाईं रहनुभएको थियो। कार्यक्रममा ईनास मेरिल्यान्डका सल्लाहकार अमर छन्त्यालले पानसमा बत्ती बालेर औपचारिक रूपमा कला केन्द्रको उद्घाटन गर्नुभएको थियो।

कला, संस्कृति र प्रतिभा विकासमा नयाँ पहल गर्ने उदेश्य स्वरुप कला केन्द्र’ स्थापना गरेको INAS Maryland अध्यक्ष तथा चर्चित गायिका शान्ति भण्डारीले बताउनु भयो । इनास मेरिल्याण्डको यो पहलले अमेरिकामा रहेका नेपाली बालबालिका तथा युवाहरूलाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने लक्ष्य राखेको छ। अध्यक्ष भण्डारीका अनुसार, कला केन्द्रमार्फत नियमित रूपमा नृत्य, संगीत तथा नेपाली भाषा कक्षाहरू सञ्चालन गरिनेछ। नेपाली कला र संस्कृतिको संरक्षणका लागी शान्ति भण्डारी र उहाको टिम निकै सक्रिय छ ।

परदेशमा आफनो देशको कला र संस्कृतिको विकास र बिस्तारमा शान्ति भण्डारीले गरेको योगदान र कसरत सामान्य तरिकाले चर्चा गरेर सकिदैन् । कार्यक्रममा  ईनास मेरिल्यान्डकी अध्यक्ष शान्ती भण्डारीको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन अमृता नेपालले गर्नुभएको थियो।

कला केन्द्रमा नृत्य प्रशिक्षकका रूपमा वरिष्ठ कलाकार सारंगा श्रेष्ठ तथा गायन प्रशिक्षकका रूपमा कुशल पोख्रेल रहनुभएको छ ।  नेपाली भाषा सम्बन्धी कक्षाहरू भने ईनास मेरिल्यान्ड आफैले सञ्चालन गर्नेछ। साथै, माग अनुसार मादल, सारंगी र बाँसुरी जस्ता नेपाली मौलिक बाजाका कक्षाहरू पनि सञ्चालन गरिने योजना रहेको छ। कक्षा सञ्चालन शनिबार र आइतबार बिहानको समयमा गरिनेछ। कार्यक्रममा प्रशिक्षकहरू सारंगा श्रेष्ठ र कुशल पोख्रेलले कला शिक्षाको महत्व र केन्द्रको भावी योजनाबारे जानकारी गराउनु भएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूमा ईनास क्षेत्रीय संयोजक राहुल केसी, केन्द्रिय उपाध्यक्ष विकास घले, ईनास मेरिल्यान्डका संस्थापक लक्ष्मण पौडेल, ईनास पेन्सिलभेनियाका अध्यक्ष अभिषेक थापा, नायिका पूजा चन्द, ग्रेटर बाल्टिमोर होम केयरका सञ्चालक चन्द्र उप्रेती तथा ब्राइट जोय एडल्ट डे केयरका सह–सञ्चालक एवं निर्देशक पाचा ल्याटोन लगायत रहनुभएको थियो।
ईनास मेरिल्यान्ड कार्यसमितिमा अध्यक्ष शान्ती भण्डारी, उपाध्यक्ष सारंगा श्रेष्ठ, राजु ढुंगेल, सुवास पोख्रेल, महासचिव गोपाल भण्डारी, कोषाध्यक्ष स्वरूपा रसाइली, सह–कोषाध्यक्ष सृजना कार्की, प्रवक्ता सुशील पंगेनी तथा सदस्यहरूमा निमा धमला, अमृता नेपाल, उज्ज्वल आचार्य, प्रविण लामा, पीआर देवकोटा, डेनी केसी र सज्जिव नेपालीको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा ईनास केन्द्रका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, बाल्टिमोर होम केयरका सञ्चालक गणेश उप्रेती, युवा सल्लाहकार प्रविण भण्डारी, मास्टर कल्पना कार्की, आईटी सल्लाहकार कोशिस भण्डारी, डा। खेम क्षेत्री, समाजसेवी सुदर्शन पौडेल, स्याङ्जा समाजका महासचिव ज्ञान क्षेत्री, समाजसेवी सालिक वाग्ले तथा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।अमेरिकामा पहिलोपटक स्थापना भएको यस कला केन्द्रले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यस महत्वपूर्ण पहलका लागि ईनास मेरिल्यान्डलाई डेलीगेट डा। ह्यारी भण्डारी ले बिशेष धन्यबाद दिनु भएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट