कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ को उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

SHARE:

भरतपुर, ६ साउन ।
कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट १० आख्यान कृतिको सूची सार्वजनिक गरेका हुन् ।

अध्यक्ष क्षेत्रीले बिज्ञप्तिमा लेखेका छन् : `प्रत्येक वर्ष अर्पण गरिने कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार – २०८१ का लागि छानिएका उत्कृष्ट दस आख्यानकृतिको सूची वर्णानुक्रममा प्रकाशन गरिएको छ ।´

१. अर्हत (उपन्यास), शैलेन्द्र अधिकारी
२. उरमाल (उपन्यास), छुदेन काविमो
३. एउटा मायी नगरमा (कथासङ्ग्रह) रमेश क्षितिज
४. धीमहि (उपन्यास), जयराम तिमिल्सिना
५. प्रवासीको देश हुन्न (कथासङ्ग्रह) पंचम अधिकारी
६. रुदाने (उपन्यास), टंक चौलागाईँ
७. हिउँको गीत (उपन्यास), तीर्थ गुरुङ
८. स्व (उपन्यास), सरस्वती प्रतीक्षा
९ . सावर्णि (उपन्यास), श्रीधर खनाल
१०. सिमसारा (उपन्यास), वसन्त बस्नेत

यसै सूचीबाट पुरस्कार छनोट समितिले निकट भविष्यमा उत्कृष्ट पाँचवटा पुस्तक चयन गर्नेछ र तेस्रो चरणमा उत्कृष्ट एक को चयन गरी पुरस्कृत गरिने जनाइएको छ । पुरस्कारको राशि एक लाख पच्चीस हजार रुपैयाँ छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट