चीनले बिशाल भिरमा बनायो विद्यार्थीको लागी अनौठो एलिभेटर/ प्रधानमन्त्री बालेनलाई बन्न सक्छ सिकाई,

SHARE:

पढ्न लाग्ने समय : १ मिनेट,

निजुहे,युनान चीन,

चीनको युनान प्रान्तमा एउटा अनौठो तर प्रेरणादायी पूर्वाधारले अहिले विश्वको ध्यान खिचिरहेको छ। गहिरो क्यान्यनभित्र बसोबास गर्ने बालबालिकालाई विद्यालय पुग्न सजिलो बनाउन त्यहाँ २८८ मिटर अग्लो क्लिफ भीर एलिभेटर निर्माण गरिएको छ। यो एलिभेटर युनानको निजुहे गाउँ नजिकै रहेको निझु नदीको क्यान्यनमा निर्माण गरिएको हो। यसअघि यहाँका विद्यार्थीहरूले विद्यालय पुग्न दैनिक ३ घण्टा भन्दा बढी खतरनाक पहाडी बाटो हिँड्नुपर्थ्यो। नयाँ एलिभेटर, केबलकार र सवारीको संयुक्त प्रणालीले अहिले विद्यार्थीहरूको यात्रा समय करिब ३० मिनेटमा झारिदिएको छ।
पहिले बालबालिकाहरू भीरको साँघुरो बाटो, चिप्लो ढुंगा र जोखिमपूर्ण ट्रेल हुँदै विद्यालय पुग्थे। कतिपय अवस्थामा उनीहरूलाई हप्तामा एक–दुई पटक मात्रै घर फर्कन सम्भव हुन्थ्यो।
सन् २०२२ मा पहिलो २६८ मिटर एलिभेटर बनेपछि केही राहत मिलेको थियो। तर बढ्दो जनसंख्या र पर्यटनका कारण क्षमता अपुग भएपछि सन् २०२६ मा २८८ मिटर अग्लो नयाँ एलिभेटर थप गरिएको हो। नयाँ एलिभेटरले करिब ५० सेकेन्डमै भीरको तलबाट माथि पुर्‍याउन सक्छ र एकै पटक दर्जनौं यात्रु बोक्न सक्छ।

-विद्यार्थीका लागि निःशुल्क-
यो सुविधा स्थानीय विद्यार्थी र बासिन्दाका लागि निःशुल्क राखिएको छ।साथै विद्यार्थीका लागि छुट्टै सुरक्षित मार्ग समेत बनाइएको छ।
यो परियोजनाले शिक्षा पहुँच मात्र सुधार गरेको छैन, स्थानीय पर्यटन पनि तीव्र रूपमा बढेको छ । होटल, होमस्टे र साना व्यवसाय फस्टाउन थालेका छन् ।
यो एलिभेटर केवल यातायात मात्र होइन,शिक्षामा पहुँच, सुरक्षा,र स्थानीय विकास को शक्तिशाली उदाहरण हो। चीनले देखाएको यो मोडलले नेपालजस्ता पहाडी देशहरूका लागि पनि ठूलो सिकाइ दिन्छ।
जहाँ अझै धेरै बालबालिका जोखिमपूर्ण बाटो हुँदै विद्यालय पुग्न बाध्य छन्।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट