भरतपुर, ३ साउन ।
चितवनका दुई स्थानबाट जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरूबाट ३८ हजार ९ सय रुपैयाँ नगद र १ बुक तास बरामद गरेको छ ।
त्यस्तै भरतपुर–२ क्षेत्रपुरस्थित पदम बहादुर आलेको घरमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट ५१ हजार ९ सय ९० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले दुबै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएकाे छ ।


