गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श

SHARE:

मकवानपुर, ३ साउन ।
गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ को मकवानपुरमा विमर्श कार्यक्रम गरिएको छ ।

गजल मञ्च मकवानपुरको २२६ औँ गजल यात्रा अन्तर्गत अनायास सङ्ग्रहको विमर्श गरिएको हो । मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा शनिबार साहित्य सङ्गम मकवानपुरको हलमा गरिएको कार्यक्रममा सङ्ग्रहमाथि बोल्दै युवा गजलकार विश्वनाथ सञ्जेलले रामकृष्णका गजलमा युवावयका कथाहरू समेटिएको बताउनुभयो । `सङ्ग्रहमा युवावयका कथालाई समेट्नु भएको छ । गजलहरु समसामयिक विषयमा लेख्नुभएको छ । बेथितिमाथि प्रहार पनि गर्नुभएको छ ।´, सञ्जेलले भन्नुभयो ।

त्यसैगरी गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवम् समालोचक रमेश प्रभातले अनायास गजलसङ्ग्रहको सफलताको कामना गर्दै नेपाली गजल लेखन परम्पराको चर्चा गर्नुभयो ।

कार्यक्रममा अनुसुया खनाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, राम कार्की, सागर तिमिल्सिना, मिथिला अधिकारी, मुना अर्याल, सानु खनाल, मनोज मधुरलगायतले गजल वाचन गर्नुभएको थियो ।

गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष देवराज तिवारीले शुभकामना मन्तव्य राख्दै गजल प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई कमल नेपाल र गौरी कँडेलले सहजीकरण गर्नुभएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट