चितवन, १ साउन ।
चितवनका युवा सामाजिक अभियन्ता रामचन्द्र लम्साल र अञ्जन दवाडीलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुने भएको छ ।
Best Contribution in Youth Empowerment विधामा 2nd International Achievers Award 2025 बाट अभियन्ता लम्साल र Best Contribution in Social Activities बाट दवाडीलाई
सम्मानित गरिने भएको छ ।
भारत सरकारमा दर्ता भएको संस्था ABM को आयोजना तथा जेडीएन (JDN), ग्लोबल भिलेज कनेक्शन भुटान, IEHRSE को सहकार्यमा र शे-साइकल सोलुशन्स भुटानको साझेदारीमा आगामी २०८२ साउन १८ गते (3rd August 2025) मा भुटानको राजधानी थिम्पु शहरमा एक कार्यक्रमबिच सम्मान प्रदान हुनेछ ।
विगत लामो समयदेखि युवाको सशक्तीकरण, क्षमता विकास र सामाजिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका लाम्सालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो पार्दै यो सम्मान हात पार्न सफल हुनु भएको हो ।
उहाँ जिल्ला युवा समिति चितवनका अध्यक्ष एवं समृद्धिका लागि युवा अभियान माडीका अगुवा अभियन्न्ता समेत रहनुभएको छ । त्यसैगरी अभियन्ता दवाडी ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिव हुनुहुन्छ । रक्तदान एवम् सङ्कलन अभियानमा उहाँ सक्रिय हुनुहुन्छ ।


