काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

SHARE:

कपिलवस्तु, २९ असार ।

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुँदालीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।

लु-प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुँदालीको भनाइ छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट