चितवन, २८ असार ।
लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर–२ क्षेत्रपुरस्थित तीनखोले गुम्बा परिसरमा औषधीय प्रजातिका ५० बिरुवा रोपिएको छ ।
बिगत ४ वर्षदेखि क्लबले गुम्बा परिसरमा नयाँ रोप्ने तथा रोपिएका विरुवाको गोडमेल गर्दै आईरहेको छ । शनिबार अमला, असुरो, निम, अम्वा, दालचिनि,रुद्राक्षलगायतका बिरुवा रोपिएको हो ।
वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ आरका निवर्तमान डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेले क्लबले बिगतमा पनि उत्कृष्ट कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यका लागि शुभकामना प्रदान गर्नुभएको थियो । विश्वब्यापी तापमान बृद्धिका कारण बढिरहेको समस्या समाधानमा यस्ता कार्य सहयोगी हुने वहाँको भनाई थियो ।
विश्वब्यापी तापमान बृद्धिले चरम मौसमी घटनाहरू जस्तै बाढी, खडेरी र आँधीबेहरी बढिरहेका छन् । त्यसैगरी कृषिमा क्षति पुर्याएर खाद्य संकट निम्तिएको, जैविक विविधता समस्या आएको, मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा लायन्स क्लब अन्तर्राष्ट्रियले वृक्षरोपण प्राथमिकतामा राख्दै आफूले गर्नुपर्ने मुख्य काममा राखेको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट प्रथम भाईस गभर्नर प्रभाकर पण्डित, द्वितीय भाईस गभर्नर दीपेन्द्रकुमार खतिवडा, सचिव डा. गंगा सापकोटालगायत डिष्ट्रिक्टका सिनियर लायनहरुले बिरुवा रोप्नुभएको थियो ।
डा. सुरेश प्रधान र डा. उमानाथ अधिकारीले संयोजन गर्नुभएको कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारी गार्गी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ स्पन्दन, लायन्स क्लब अफ उत्तरगंगा, लायन्स क्लब अफ चितवन ल्याण्डमार्क, लायन्स क्लब अफ चितवन शिशु आईभिएफ, लायन्स क्लब अफ चितवन निर्माणाको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।


