Banner News

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक

जेन जेडको आह्वान

जेन जेडको आह्वान : वार्ता गर्ने चरणमा प्रवेश गर्दैछौँ, तोडफोड र लुटपाट नगर्नुहोस्

काठमाडौँ । जेन जेड आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक ढङ्गले अघि बढाउन सम्पूर्ण सहभागीहरूलाई आह्वान गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा यादवले आन्दोलनको नाममा भइरहेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै

रवि लामिछाने

रवि लामिछाने जेलबाट निस्किए

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्। नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्। रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट

रास्वपा

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको

संसद भवनभित्र छिरे प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले

प्रहरी घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढे जेन जेड

काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेन जेड आन्दोलनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन्। पुतली सडकमा भीड

सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ । एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको

निषेधाज्ञा

भरतपुरमा निषेधाज्ञा लागू

चितवन ।  चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले विशेष आदेश जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र चार किला तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, भेला तथा बैठक गर्न निषेधाज्ञा जारी गरेका छन्। जिल्ला

अनिश्चितकालीन कर्फ्यु

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर

सामाजिक सञ्जाल

सरकारले खुलायो सामाजिक सञ्जाल

काठमाडौ । जेनजी आन्दोलनमा दमन गर्दै १९ युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको

जेन जेड आन्दोलन

जेन जेड आन्दोलन : मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जेडको आन्दोलनमा थप एकजनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो । स्वास्थ्य तथा