काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेन जेड आन्दोलनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन्।
पुतली सडकमा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले घेरा बनाए पनि प्रदर्शनकारीहरूले त्यो तोडेर सिंहदरवारतर्फ प्रस्थान गरेका हुन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचारको अन्त्य, जवाफदेहिता र नेताहरूको राजीनामाको माग गरेका छन्।
यसैबीच, काठमाडौंका विभिन्न भागमा तोडफोड र आगजनीको घटनाहरू भइरहेका छन्। नेताहरूको घर र कार्यालयलाई समेत लक्षित आक्रमण भइरहेका कारण राजधानीको वातावरण थप तनावग्रस्त बनेको छ।


