जेन जेड आन्दोलन : मृतकको संख्या १४ पुग्यो

SHARE:

काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जेडको आन्दोलनमा थप एकजनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु भएका प्रदर्शनकारीको संख्या १४ पुगेको पुष्टि भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछिल्लो अद्यावधिकसँगै संख्या बढेको हो ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट