कल्पना गर्नुहोस्—आजको मानवभन्दा हजारौँ वा लाखौँ वर्षपछि पृथ्वीमा अर्को विकसित मानव सभ्यता छ। उनीहरूको शरीर फरक छ। सोच्ने क्षमता फरक छ। स्मरणशक्ति डिजिटल प्रणालीसँग जोडिएको छ। उनीहरू पृथ्वीबाहिरका ग्रहमा समेत बसोबास गर्छन्। त्यस बेला उनीहरूले आजको मानवका अवशेष, DNA, पुराना कम्प्युटर, कृत्रिम बुद्धिमत्ता र अन्तरिक्षमा पठाइएका सन्देश भेटे भने के सोच्लान्?
सायद उनीहरूले भन्नेछन्: ‘यी हाम्रा पुर्खा थिए, तर हाम्रो सभ्यताभन्दा बिल्कुलै फरक थिए।’यो वैज्ञानिक रूपमा प्रमाणित परिदृश्य होइन। तर मानव विकास र भविष्यको प्रविधिबारे सोच्न बाध्य बनाउने एउटा गम्भीर कल्पना हो। के हामी आफैँ भविष्यका एलियन बन्ने बाटोमा छौँ?
यो प्रश्न अझ रोचक हुन्छ जब हामी अन्तरिक्ष यात्राको भविष्य हेर्छौँ। यदि भविष्यको मानव अर्को ग्रहमा पुगेर हजारौँ वर्षसम्म पृथ्वीबाट अलग्गै विकसित भयो भने त्यहाँको वातावरण, गुरुत्वाकर्षण, विकिरण र जीवनशैलीले उसको विकासमा प्रभाव पार्न सक्छ। लामो समयको भौगोलिक तथा प्रजननगत अलगावले नयाँ मानव समूहमा जैविक भिन्नता विकास गर्न सक्ने सम्भावना हुन्छ। अर्थात्, आज एउटै प्रजाति भएका मानिस भविष्यमा फरक दिशामा विकसित हुन सक्छन्।
अहिले वैज्ञानिक साहित्यमा मानव र AI को सहविकासबाट नयाँ प्रकारको विकासवादी एकाइ बन्न सक्ने सम्भावनासमेत छलफल गरिएको छ। तर यो स्थापित भविष्यवाणी होइन, अनुसन्धानको विषय हो।
हामीले अन्तरिक्षमा विशाल रेडियो टेलिस्कोप पठाएका छौँ। टाढाका तारामण्डलबाट आउने संकेत सुनिरहेका छौँ। मंगल ग्रहदेखि अन्य ग्रहसम्म जीवनको सम्भावना खोजिरहेका छौँ।
यसै खोजको वैज्ञानिक नाम हो—SETI (Search for Extraterrestrial Intelligence)। तर अहिलेसम्म पृथ्वीबाहिरको बुद्धिमान सभ्यताको कुनै संकेत वैज्ञानिक रूपमा पुष्टि भएको छैन।
यहाँ एउटा रोचक प्रश्न जन्मिन्छ: यदि एलियन भनेको लाखौ वर्ष अगाडी आजका मासिन भन्दा धेरै बिकसीत सभ्यताका मानिसहरु हुन सक्छन् जो अहिलेको AI प्रबिधि भन्दा उन्नत प्रबिधिको बिकासमा थिए ।
मानव विकासको इतिहास हेर्दा हामी लाखौँ वर्षको प्राकृतिक विकासको परिणाम हौँ।भविष्यको मानव आजको मानवभन्दा फरक हुन सक्छ ? तिनिहरुको सभ्यताले पनि फेरि अहिलेको मानवलाई एलियननै भन ठान्ने छन् । -कृत्रिम बुद्धिमत्ता (AI)-जीन सम्पादन प्रविधि-मानव शरीरमा प्रविधिको एकीकरण-मस्तिष्क र कम्प्युटरबीचको सम्बन्ध-अन्तरिक्षमा बसोबासको सम्भावना यी प्रविधिले भविष्यको मानवको जीवन, शरीर र बुद्धिमत्तालाई अहिलेभन्दा धेरै फरक बनाउन सक्छन्। हामी पृथ्वीमै सीमित नरहन सक्छौ , AI सँग मिलेर नयाँ प्रकारको बुद्धिमत्तामा रूपान्तरण हुनपनि सक्ने छौ ?
जसरी आज हामी ब्रह्माण्डमा एलियन खोजिरहेका छौँ। भोलि कुनै विकसित सभ्यताले पृथ्वीको पुरानो इतिहास खोज्दै गर्दा आजको मानवलाई नै अपरिचित जीव एलियन ठान्न सक्छ। त्यो सभ्यता हाम्रो आफ्नै भविष्यको सन्तति पनि हुन सक्छ। हामीले एलियन खोज्न आकाशतिर हेर्दै गर्दा —भविष्यका मानवका लागि एलियन हामी नै हुन् सक्छौँ!

