अमेरिकाको मेरिल्याण्डमा डा. ह्यारी भण्डारी पुनः विजयी, नेपाली समुदायमा खुसीयाली : भिडियो सामाग्री

SHARE:


प्रकाश सिग्देल : मेरिल्याण्ड,

पढ्न लाग्ने समय : १ मिनेट
हेर्न लाग्ने समय : १३ मिनेट,

अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक्ट ८ बाट नेपाली मूलका डेमोक्रेटिक उम्मेदवार डा.ह्यारी भण्डारी पुनः विजयी हुनु भएको छ । नोभेम्बर ४, २०२६ मा सार्वजनिक भएको निर्वाचनको प्रारम्भिक नतिजाअनुसार भण्डारीले १९ हजार ५३० मत अर्थात् कुल मतको २२.३४ प्रतिशत प्राप्त गर्नु भएको हो । मेरिल्याण्ड राज्यको आधिकारिक निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार डिष्ट्रिक्ट ८ का सबै ३६ मतदान क्षेत्रको मतगणना सम्पन्न हुँदा भण्डारीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै शीर्ष तीन स्थानभित्र आफ्नो स्थान सुरक्षित गर्नु भएको हो । भण्डारी मतदाताबिच निकै रुचाईएका र लोकप्रिय उम्मेदवार तथा जनप्रतिनिधि हुनुहुन्छ । 

-तीन सिटमध्ये डेमोक्रेटिक उम्मेदवारको वर्चस्व

मेरिल्याण्डको डिष्ट्रिक्ट ८ मा तीन जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। यस निर्वाचनमा डेमोक्रेटिक पार्टीका निक एलेनले १९ हजार ८६०, डा. ह्यारी भण्डारीले १९ हजार ५३० र किम एल. रोसले १९ हजार ३४८ मत प्राप्त गरेका छन्। यी तीनै जना उम्मेदवार विजयी भएका छन्। रिपब्लिकन उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने ब्रायन ए. क्याम्पबेलले १० हजार १३६ मत पाएका छन्।

-नेपाली समुदायका लागि थप उत्साह

अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलका व्यक्तिहरूको उपस्थिति र प्रतिनिधित्वलाई यो जितले थप उत्साह प्रदान गरेको छ। डा. भण्डारीको राजनीतिक यात्रा नेपाली समुदायका लागि चासो र प्रेरणाको विषय बन्दै आएको छ। नेपालमा जन्मिएर अमेरिकाको राज्य व्यवस्थापिकासम्म पुगेका भण्डारीले यसपटक पनि मतदाताको विश्वास प्राप्त गरेका छन्।यो जितसँगै मेरिल्याण्डको राज्य व्यवस्थापिकामा नेपाली मूलको प्रतिनिधित्व निरन्तर रहने भएको छ।  यो समाचार तयार पार्दासम्म मेरिल्याण्ड निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनौपचारिक  रहेको छ। अन्तिम आधिकारिक प्रमाणीकरणपछि मतपरिणाममा परिवर्तन हुन सक्नेछ। हामिले डा ह्यारी भण्डारीको चुनावी संघर्ष र मतदाताको अपेक्षाको भिडियो सामाग्री तयार पारेका छौ । कस्तो हुने रहेछ अमेरिकाको चुनाव यहाँ हेर्न सक्नुहुनेछ ।

स्रोत: मेरिल्याण्ड राज्य निर्वाचन आयोग (Maryland State Board of Elections)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट