प्रकाश सिग्देल, अमेरिका
पढ्न लाग्ने समय २ मिनेट,
मानव सभ्यताले हजारौं वर्षदेखि ब्रमाण्डलाई बाहिरबाट बुझ्ने प्रयास गर्दै आएको छ। टेलिस्कोप, विज्ञान र प्रविधिको विकाससँगै हामीले अरबौं आकाशगंगा, ताराहरू र अनन्त फैलावटको संसार पत्ता लगायौं। तर अहिले एक नयाँ र गहिरो प्रश्न उठिरहेको छ—के हामी वास्तवमै ब्रमाण्डभित्र बाँचिरहेका छौं, कि ब्रमाण्ड नै हाम्रो भित्र रहेको छ ?
विज्ञानका अनुसार, मानव मस्तिष्क ब्रमाण्डकै सबैभन्दा जटिल संरचनामध्ये एक हो। अरबौं न्यूरोन र तिनको जडानले हाम्रो सोच, अनुभव र चेतना निर्माण गर्छ। यही सन्दर्भमा Consciousness (चेतना) लाई लिएर वैज्ञानिक र दार्शनिकहरूबीच नयाँ बहस सुरु भएको छ।
के चेतना केवल मस्तिष्कको उत्पादन हो ? कि चेतना स्वयं ब्रमाण्डको एउटा आधारभूत गुण हो ? ध्यान (Meditation) र आत्मचिन्तन गर्ने मानिसहरू भन्छन्—जब मानिस गहिरो ध्यानमा पुग्छ, उसले आफू र ब्रमाण्डबीचको सीमाना हराउँदै गएको अनुभव गर्छ। यस्तो अनुभवले संकेत दिन्छ कि सायद हामी केवल बाहिरी संसारका दर्शक होइनौं, बरु त्यसकै एक सक्रिय अंश हौं।
केही वैज्ञानिक धारणा अनुसार, ब्रमाण्ड केवल पदार्थ र ऊर्जा मात्र होइन, सूचना (information) र चेतनाको पनि जालो हुन सक्छ। यदि यो सत्य हो भने, हाम्रो मस्तिष्क ब्रमाण्डको सानो प्रतिरूप (microcosm) हुनसक्छ। जहाँ सम्पूर्ण ब्रह्माण्डको झल्को देखिन्छ। यस दृष्टिकोणले एउटा गहिरो सन्देश दिन्छ।
हामी सानो, कमजोर अस्तित्व होइनौं। हामी स्वयं ब्रमाण्डकै अभिव्यक्ति हौं।
-तर यो प्रश्न अझै खुला छ। विज्ञानले पूर्ण उत्तर दिएको छैन र दर्शनले पूर्ण निष्कर्ष निकालेको छैन।
प्रश्न: यदि ब्रमाण्ड वास्तवमै हामीभित्र छ भने,हामी को हौं ?
दर्शक… कि सृष्टिकर्ता ?
तपाईंको विचार के छ ?
यो प्रश्नले मानव भविष्य र चेतनाको नयाँ दिशातर्फ संकेत गरिरहेको छ ?


