प्रकाश सिग्देल,
पढ्न लाग्ने समय :३ मिनेट,
विश्व अहिले तीव्र परिवर्तनको चरणमा छ। प्रविधिको विकास, सामाजिक सोचमा आएको परिवर्तन र आर्थिक संरचनाको पुनर्गठनले अबको समाज नयाँ दिशातर्फ उन्मुख भइरहेको देखिन्छ। विज्ञहरूका अनुसार, आगामी समाज पहिलेभन्दा फरक, जटिल तर सम्भावनायुक्त हुनेछ। सबैभन्दा ठूलो परिवर्तन प्रविधिमा देखिएको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्लेटफर्म स्वचालनले मानिसको दैनिक जीवन मात्र होइन, रोजगारीको स्वरूपसमेत परिवर्तन गरिरहेको छ। परम्परागत कामहरू हराउँदै गएका छन् भने नयाँ सीप र ज्ञानको माग तीव्र रूपमा बढ्दै गएको छ। त्यस्तै, सामाजिक संरचनामा पनि उल्लेखनीय बदलाव आएको छ। मानिसहरू आफ्नो अधिकार, पहिचान र स्वतन्त्रताबारे बढी सचेत भएका छन्। लिंग समानता, मानव अधिकार र सामाजिक न्यायका विषयहरू अबको समाजका मुख्य एजेन्डा बन्दै गएका छन्।

यी थुप्रै परिवर्तनसँगै चुनौतीहरू पनि थपिदै गएका अमेरिका मेरिल्याड राज्य सांसद डा ह्यारी भण्डारी बताउनु हुन्छ । प्रतिस्पर्धा बढ्दै जाँदा मानसिक तनाव र सामाजिक दबाब पनि बढ्दै जाने उहाको तर्क छ । नेपाल जस्तो देशमा प्रविधिमा पहुँच भएका र नभएका बीचको दूरीले असमानता अझ गहिरो बनाउने खतरा रहेको उहा बताउनु हुन्छ । अबको समाज मिश्रित छ—एकातिर अवसर र विकास, अर्कोतिर चुनौती र दबाब। यो समाज हामीले कसरी प्रयोग र निर्माण गर्छौं भन्नेमा निर्भर हुने उहाँको बुझाई छ ।प्रबिधिको तिब्र बिकासले बिस्तारै समाजमा एकल न्यूक्लियर परिवार बढ्ने छ । यसले जेष्ठ नागरिकलाई अलग बनाउदै लाने छ जसले गर्दा डिजिटल मलामी को बाटोमा मानिसहरु पुग्ने छन् ।
बिज्ञहरुका अनुसार यस्ता छन् अवको चुनौती

१-प्रविधि–केन्द्रित समाज,
अबको समाज डिजिटल हुँदै गएको छ। कृत्रिम बुद्धिमत्ता , इन्टरनेट, स्वचालनले काम गर्ने तरिका बदल्दैछ। मानिसहरू प्रविधि लाई परिवार मान्नेछन् जसले जेष्ठ नागरिक हरूलाई समाजबाट टाढा भएको जस्तो अनुभूति गराउँछ।
२- व्यक्तिगत स्वतन्त्रता र पहिचानको वृद्धि,
मानिसहरू आफ्नो विचार, जीवनशैली र पहिचानबारे बढी खुलेर बोल्न थालेका छन्। लिंग, संस्कृति, र जीवनशैलीका विविधताहरूलाई पहिलेभन्दा बढी स्वीकार गरिँदैछ।
३- असमानता अझै चुनौती,
प्रविधि र विकास भए पनि धनी–गरिबबीचको दूरी अझै ठूलो हुने छ। सबैले समान अवसर पाउने छैनन्।
४- सम्बन्धहरूको स्वरूप बदलिँदै,
सामाजिक सञ्जालले वास्तविक सम्बन्धभन्दा भर्चुअल सम्बन्ध बढ्दै गएको देखिन्छ।
५- प्रतिस्पर्धा र दबाब बढ्दो,
शिक्षा, रोजगारी र सफलताको क्षेत्रमा प्रतिस्पर्धा निकै तीव्र छ। यसले मानिसमा तनाव र मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढाउने छ ।
६-चेतना र जिम्मेवारीको विकास,
पर्यावरण, मानव अधिकार, र सामाजिक न्यायबारे चेतना बढ्दै जाने छ । युवा पुस्ता विशेषगरी परिवर्तनका आतुर छन् तर धैर्यता गुमाउनेछन् ।
७- परिवार संरचना बदलिँदै,
पहिले संयुक्त परिवार हुन्थ्यो, जहाँ बुबा–आमा, हजुरबुबा–हजुरआमा सबै सँगै बस्थे। बिस्तारै एकल न्यूक्लियर परिवार बढ्ने छ । यसले जेष्ठ नागरिकलाई अलग बनाउदै लाने छ ।
८- युवा पुस्ताको व्यस्तता र विदेश पलायन,
युवा विदेश पलाएन बढ्ने छ । देशमा हुनेहरु पनि काम र व्यस्तताले परिवार भन्दा आफनै तरिकामा रमाउन चाहानेछन् जेष्ठ नागरिक घरमै एक्लो बाध्य बन्ने छन् ।
९-डिजिटल मलामी बढ्ने छन् ,
छर छिमेकमै पनि मानिस मर्दा अव मलामी जाने मानिस समेत अभाव हुने छ । राज्य स्तरबाटनै सरकारी मलामीको बिकास गर्नु पर्ने बाध्यता हुने छ ।अव आफन्त नाता छिमेकी र समाजले पनि अनलाईन बाटनै श्रद्धान्जली दिने चलन बढ्ने छ ।


