रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी

SHARE:

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल नकिन्ने सहमति जनाएको बताएका छन् ।

युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले क्रेमलिनमाथि आर्थिक दबाब बढाइरहेको बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

ट्रम्पले पत्रकारहरूसँग मोदीले भारतले छोटो समयभित्रै रुसी तेल खरिद रोक्ने आश्वासन दिएको बताए । यसलाई ट्रम्पले ‘एउटा ठूलो कदम’ भनेका छन् ।

यस विषयमा वासिङ्टन डीसीस्थित भारतीय दूतावासका प्रवक्ताले कुनै टिप्पणी गर्न चाहेनन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट