मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

SHARE:

काठमाडौ । मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ।

मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ। नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन्। इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपे।

नेपालले इनिङ्सको पहिलो ओभरमा नै लगातार दुई विकेट गुमायो। इनिङ्सको पहिलो ओभरको

पहिलो बलमा ओपनर सम्झना खड्का र दोस्रो बलमा कविता कुँवर आउट भए।

मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन्। मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए।

त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट