पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

SHARE:

काठमाडौं । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।

आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।

लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट