‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’: बर्षमान पुन

SHARE:

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी पुस्ताको एजेन्डालाई आफ्नो पार्टीले समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्नुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी पुस्ताले उठाएको माग जायज भएको भन्दै २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, नातावाद परिवारवादका कुरा, शासकीय स्वरूपका कुरा सही नै उठाएको हो। तर २४ गतेको घटना दुखद हो। छानबिन त सुरु भइसकेको छ। त्यसमा सबै पक्षले सहयोग गर्नुपर्छ। राष्ट्रिय सम्पत्ति, सम्पदा, निजी सम्पत्तिमा भएको तोडफोड र आगजनी भएको कुराको छानबिन हुनुपर्छ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट