प्रधानमन्त्री कार्कीले ल्याउने भइन् पहिलो अध्यादेश

SHARE:

काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो अध्यादेश ल्याउन लागेकी छिन् । २७ भदौंमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले प्रतिनिधिसभा विघटन भएको र फागुन २१ मा नयाँ निर्वाचन मिति तोकिएको अवस्थामा पहिलो अध्यादेशको तयारी गरेकी हुन् ।

त्यसका लागि उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश पारित समेत गराईसकेकी छिन् । पारित अध्यादेश आज बुधबार राष्ट्रपति कार्यालय पठाउने तयारी भएको छ ।

कार्कीले ल्याउन लागेको अध्यादेश मतदाता नामावलीसम्वन्धी ऐनसँग सम्वन्धित छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ लाई संशोधन गर्ने गरी अध्यादेश मन्त्रिपरिषद्ले पारित गरिसकेको र त्यसलाई आजै राष्ट्रपति कार्यालय पठाउने गरी कार्य अगाडी बढेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट