मन्त्री बन्ने सूचीबाट काटियो संगीता कौशल मिश्रको नाम

SHARE:

काठमाडौ । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको हो।

‘हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीकाे नाम मात्र पठाइएको छ’, स्रोतले भन्यो ‘मिश्रको नाम हटाइएको छ।’

जसका कारण आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ खाने छन् । अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ’ , स्रोतले थप्यो।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. मिश्र नागरिकता र अनियमितता विवादमा परेकी थिइन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट