मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने

SHARE:

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।

साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट