संवैधानिक आयोगका दुई पदाधिकारीको राजीनामा स्वीकृत

SHARE:

काठमाडौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदबाट सिफारिस भएर नियुक्त भएका संवैधानिक आयोगका २ जना पदाधिकारीले राजीनामा दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्वीकृत गरेका हुन् ।

नेपालको संविधानको धारा २४८ को उपधारा ५ को खण्ड क बमोजिम भदौ २९ गतेदेखि लागू हुने गरी मानव अधिकार आयोगका सदस्य ढुंगेलले र मधेसी आयोग ऐन, २०७४ को दफा ४ को खण्ड ‘क बमोजिम आइतबारदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट