कटुवा पेस्तोलसहित एक जना पक्राउ

SHARE:

काठमाडौँ । कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका-७ घर भई हाल बनेपा नगरपालिका-९ मा कोठामा बस्ने सन्तोष श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट एक थान कटुवा पेस्तोल एक नाल र ३६ राउन्ड गोली बरामद गरिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट