काठमाडाैं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले भावी प्रधानमन्त्रीमा इच्छा देखाएका छन् । उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगे ।
फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका हुन् । तर, जेनजीहरुको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन् ।
कार्की सिफारिसमा पर्ने भएपछि साम्पाङले आफ्ना समर्थकहरुलाई जंगी अड्डा बाहिर उतारे ।


