पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको प्रस्ताव

SHARE:

काठमाडौँ। नेकपा एमालेको सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

जेन जेड आन्दोलनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि सचिव भट्टराईले पार्टी नेतृत्वमा पनि पुनर्गठनको प्रस्ताव राखेका हुन् ।

उनले विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समीक्षा गरेर गल्तीप्रति आत्मालोचित हुनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्नुपर्ने भन्दै जेन जेडले अघि सारेका मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अपिल समेत अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘हामी यतिवेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट