नख्खु जेलबाट रवि लामिछानेले लेखे जेनजीलाई पत्र

SHARE:

काठमाडौ । नख्खु जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेले जेनजी पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन्।

पत्रमा उनले डक प्रदर्शनमा सहभागी हुने जेनजीलाई ‘सचेत र विवेकपूर्ण’ रहन आग्रह गरेका छन्। उनले भनेका छन्, “शासकहरुले विधि र विवेकको शासन त दिएनन्, आफ्ना खुसी–दुःख बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे। तर तपाईँहरुको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ।”

लामिछानेले प्रदर्शनका क्रममा घुसपैठ र उत्तेजना सिर्जना हुने सम्भावना भएको भन्दै सचेत रहन अपिल गरेका छन्। उनले थपेका छन्, “आजका दिन इतिहासको नयाँ सुरुवातको दिन हो। आफ्नो इतिहास र देशको इतिहास तपाईँकै हातबाट लेखिँदैछ।”

नख्खु जेलकोबाटै उनले जेनजीप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्। लामिछाने हाल सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि उक्त जेलमा छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट