फेसबुक बन्द भएपछि विकल्पमा टेलिकम

SHARE:

काठमाडौ । सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय भएपछि नेपाल टेलिकमको ग्राहक सेवा पनि प्रभावित भएको छ ।टेलिकमले एक सूचना जारी गर्दै अब ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि विकल्प खोजिएको जनाएको छ ।

कम्पनीले नयाँ विकल्पका रूपमा  ‘नेपाल टेलिकम कस्टमर केयर’ नामको भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको जनाएको छ । ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरू अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्ने टेलिकमले जनाएको छ । यसअघि यस्तो सेवा टेलिकमले फेसबुक जस्ता माध्यममार्फत सेवा दिँदै आएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट