काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
यस्तै प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।


