माओवादी केन्द्रको ‘जनजागरण अभियान’ भदौ २१ देखि पुनः सञ्चालन हुने

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा पुनः अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीका अनुसार अभियान भदौ २१ गतेदेखि सुरु भई भदौ २५ गतेसम्म चल्नेछ। उक्त अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गर्नेछन्। साथै, वरिष्ठ उपाध्यक्ष, अन्य उपाध्यक्षहरू र महासचिव समेत अभियानमा सहभागी हुने जनाइएको छ।

यसअघि साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले बाँकी रहेका जिल्लामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टी केन्द्रीय कार्यालयले नयाँ कार्यतालिका तय गरेको हो।

माओवादीले केही जिल्लामा अभियान सम्पन्न गरिसकेपनि विभिन्न कारणले केही स्थानमा भने बाँकी रहेको बताइएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट