बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

SHARE:

चितवन, ९ साउन ।
चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल मृत्यु भएको हो ।

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र.०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक कँडेल गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षीय हुमेस लामगादे र बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन् । प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार बसमा सामान्य क्षति भएको छ भने यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट