मकवानपुर, ४ साउन ।
हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आन्दोलन सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखविरुद्ध आन्दोलन गरेका हुन् ।
उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय नै खडा गरेर प्रदर्शन गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भइ जिल्ला प्रशासन कार्यालय परिसरभित्र साङ्केतिक कार्यालय खडा गरेर विरोध गरिएकाे हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले जनाकारी दिए ।
जे अन्तिममा मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिएकाे तथा वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नगरेको हेटौंडा–१६ का अध्यक्ष कोइरालाले आरोप लगाए । उक्त विषयले प्रमुख जिल्ला अधिकारी र मकवानपुर प्रहरी प्रमुखकाे जिल्लामा आलोचना भइरहेको छ ।


