चितवन, २ साउन ।
रत्ननगर नगरपालिका–१६, दोबाटो चोकमा ट्याक्टरले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान खैरहनीबाट दोबाटोतर्फ जाँदै गरेको ना ३ त ७४३० नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा ७० वर्षीय कृष्ण बहादुर पन्तको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ट्याक्टरको ठक्करबाट कृष्ण गम्भिर घाईते भएका थिए । घाइते कृष्णलाई उपचारका लागि स्थानीय बकुलहर हस्पिटल लगिएकोमा बिहीबार नै डाक्टरले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक सर्लाही जिल्ला एसरपुर नगरपालिका–१५, का २९ वर्षीय अनिलकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


