चितवनमा विभिन्न घटनामा ३ जनाको मृत्यु

SHARE:

भरतपुर, ३० असार ।
चितवन जिल्लाका ३ छुट्टाछुट्टै स्थानकाे भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भएकाे घटनामा उनीहरुकाे ज्यान गएकाे हाे ।

भरतपुर महानगरपालिका–२७, मेघौलीमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मेघौलीका ३२ वर्षीय रामकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेर ४५ मिनेटको समयमा एयरपोर्ट अगाडी रामकुमार अचेत अवस्थामा फेला परेका थिए । रामकुमारलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उनकाे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भरतपुर महानगरपालिका–१, जोरकुशुम पार्कस्थित नारायणी नदीमा अचेत अवस्थामा फेला परेका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–१, आँपटारीका ९ वर्षीय असिम घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेको समयमा असिम पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका थिए । असिमलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै रत्ननगर नगरपालिका–१, सौराहा चोकमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । आइतबार साँझ हाल नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बेहोस अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि टाँडीस्थित बकुलर हस्पिटल लगएकोमा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट