आश्रित किशोरीमाथि बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ

SHARE:

मकवानपुर, २९ असार ।
कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।

सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।

पीडित किशोरी ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । किशोरीले दिएको जाहेरी अनुसार जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । तर, प्रारम्भिक समयमा राउत पक्राउ परेका थिएनन् ।

उक्त बालगृहमा हाल १५ जना बालिकाहरूले आश्रय लिइरहेकाे बताइएकाे छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट