स्याङ्जामा `अन्त्य´को विमर्शसँगै लक्ष्मीको लघुकथा वाचन

SHARE:

स्याङ्जा, २८ असार ।
लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति `अन्त्य` को विमर्श एवम लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम एकल लघुकथा वाचन समारोह शनिबार दिउँसो वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा `अन्त्य´ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेग्मी खनालसँग मिलन समीरको सहजीकरणमा विमर्श गरिएको थियोे ।

पुतलीबजार- १३ मा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेग्मी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पुरा गरेकी लक्ष्मीको अन्त्य लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेकी छिन् ।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवाकवि मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविश्वर पङ्गेनी, खगेन्द्रजंग थापा, शोभाकान्त रेग्मी, विष्णु पङ्गेनी पाण्डे, जि.बी. राना, स्मारिका अर्याल, पारिश्वर न्यौपाने, राजु गैह्रे, वसन्त खनाल, सुर्याम्श अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीलगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियोे ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट