भरतपुर, २८ असार ।
ज्योति टोल विकास संस्थाको आयोजनामा बृहत सरसफाई कार्यक्रम एवम् डस्टबिन वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता टोलका अध्यक्ष टीकाराम कँडेलले गर्नुभएको थियो ।
सरसफाई कार्यक्रममा सम्पूर्ण टोलबासीहरूको उपस्थिति रहेको थियो । ज्योति टोलभित्र रहेका व्यवसायीहरुलाई डस्टबिन हस्तान्तरण गरिएको थियो भने आवश्यक ठाउँको पोलमा डस्टबिन व्यवस्थापन गरी राखिएको थियो । कार्यक्रम यसै टोलका सचिव कृष्णप्रसाद कँडेलले सञ्चालन गर्नुभएको थियो ।
सचिव कँडेलले ज्योति टोलभित्र भएका फोहोरहरुलाई उचित व्यवस्थापन गरी ज्योति टोल फोहोर मुक्त गराउन टोल आगामी दिनमा लागिपर्ने बताउनुभयो । टोलभित्रका समस्याहरुलाई टोलबासीहरूले क्रमैसँग राख्नुभएको थियो भने उक्त समस्याहरूको बारेमा टोलका अध्यक्ष कँडेलले स्पष्ट पार्नुभएको थियो । टोलमा कुनै पनि टोलबासीलाई केही कुराको पनि समस्या हुन नदिने अध्यक्ष कँडेलले बताउनुभयो ।


