चितवन, २४ असार ।
इच्छाकामना गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इच्छाकामना – ६, कालीखोलामा सोमबार राति मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकल चालक गोरखा जिल्लाको गोरखा नगरपालिका–४ बस्ने ४० वर्षीय सन्तोष खनाल र पैदल यात्री तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–३ बस्ने ६५ वर्षीय किशोरबहादुर गुरुङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा पैदल यात्री किशोरको राति ११ बजेर १४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


