कवि विनोदी र दिवसलाई रथारोहणसहित सम्मान गरिने

SHARE:

काठमाडौं, २१ असार ।
भानु प्रतिष्ठानले २१२औँ भानुजयन्तीका अवसरमा अग्रज कविहरू गोविन्दराज विनोदी र तुलसी दिवसलाई सम्मान गर्ने भएको छ ।

कविद्वयलाई रथारोहणसहित नगर परिक्रमा गराएर सम्मान गर्न लागिएको प्रतिष्ठानका महासचिव डाक्टर रमेश शुभेच्छुले जानकारी दिनुभयो । उहाँका अनुसार यही २९ गते बिहान नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम गरी सम्मान अर्पण गरिनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट