राजनीति

घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ३१ असार । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले जनाएको छ ।