समाचार

गोरखा

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

गोरखा ।  मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना

गोकुल बास्कोटा

लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा

काठमाडौं । लिपुलेक विवादबारे एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले नेपालले ढुक्कसाथ आफूमाथि अतिक्रमण भएको स्पष्ट अडान राखेको उल्लेख गर्दै इतिहासका कमजोरी सच्याउन समय लाग्ने र कूटनीतिक लडाइँ जारी

छपाइ

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक

नायव सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

काठमाडौँ । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

प्रचण्ड

आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई ‘प्रचण्डको’ निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक

लेखजंग थापा

रास्वपा उम्मेदवार लेखजंग थापाको पत्रकार सम्मेलन किन भयो अचानक स्थगित ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगन गरेको छ।सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगन भएको हो। रास्वपा प्रवक्ता मनिष झाका अनुसार विशेष

सुनिता डंगोल

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल जेनेभा प्रस्थान

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छिन्। ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि

कतार

चितवनका दुई हात्ती कतार पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो

खग्रास चन्द्रग्रहण

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने

गृहमन्त्री लेखक

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक

पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत

धवलशमशेर राणा

संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा धवलशमशेर राणा

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् । सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन्

प्रधानमन्त्री

प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ ।  चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ)