Banner News

केपी शर्मा ओली

एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैँका

सभामुख-दलको बैठक

सभामुख-दलको बैठक – संसद् विघटन असंवैधानिक रहेको ठहर

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ। बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो

मधेस प्रदेश

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस

काठमाडौँ। मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

सभामुख

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा बोलाएका छन् । प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्न सभामुखले बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् । सभामुख घिमिरेले

मधेश

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौँ। मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्। पदबाट राजीनामामा घोषणा गर्नुअघि

भाइटिका

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

कृष्ण बहादुर महरा

कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस

काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो

सर्वोच्च अदालत

सर्वोच्च अदालतमा आजबाट रिट र निवेदनहरू दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

बिपिन जोशी

हमासले इजरायललाई दियो विपिन जोशीको शव

एजेन्सी । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार

हमास

हमासले रिहा गर्‍यो २० जना बन्धक

काठमाडौं । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर

विपिन जोशी

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी

निर्वाचन

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी