समाचार

काँग्रेस केन्द्रीय कार्यालय

काँग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड

काठमाडौँ । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् ।  

रास्वपाका सबै सांसदले राजीनामा दिने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा

विद्यादेवी भण्डारी

जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेन जी ‘ पुस्ताको प्रदर्शनको क्रममा गोलीबाट युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको बताएकी छ्न् । विज्ञप्ति निकाल्दै उनले नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक

सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ । एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको

देउवाको निवास

कांग्रेस सभापति देउवाको निवासमा तोडफोड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन्। भीडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेको प्रहरीले जनाएको छ। यसअघि काठमाडौँको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा

राष्ट्र संघ

नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ : राष्ट्र संघ

काठमाडौं । सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले आपत्ति जनाएको छ । यस घटनाको छानविन गर्न कार्यालयले माग गरेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीका तर्फबाट जारी नोटमा

कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो । बैठकमा समितिका पदाधिकारी

अनिश्चितकालीन कर्फ्यु

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर

एक्स

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं । सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

फेसबुक

चल्न थाल्यो फेसबुक

काठमाडौँ । जेन जेडको आन्दोलन चर्किँदै जाँदा कतिपय इन्टरनेट सेवामा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन् । फेसबुक प्रयोगकर्ताहरूले वर्ल्डलिंक, सुबिसु लगायतका सेवामार्फत सामाजिक सञ्जालहरू सुचारु भएको जानकारी दिएका छन् ।  

जेनजेड प्रदर्शन

जेनजेड प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ । सोमबार भएको जेन जेडहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीको बल प्रयोगका

आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । जेनजेड पुस्ताको आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीको मृत्यु हुने संख्या बढेपछि सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । यद्यपी