
माओवादी केन्द्रको ‘जनजागरण अभियान’ भदौ २१ देखि पुनः सञ्चालन हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा पुनः अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका अनुसार अभियान भदौ २१ गतेदेखि सुरु भई भदौ २५ गतेसम्म चल्नेछ।









