बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध,त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति

SHARE:

पढ्न लाग्ने समय ३० सेकेन्ड,

रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ । चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट